मई 2017



काठमाडौंः अफगानिस्तानको राजधानी काबुलमा मंगलबार बिहान भएको शक्तिशाली बम विष्फोटमा पाँच नेपाली घाइते भएका छन् ।
घाइते नेपालीहरु काबुलस्थित जर्मन दुताबासमा सुरक्षा गार्डका रुपमा कार्यरत रहेका थिए ।
राजदूतावास भएको क्षेत्रमा बिहान गरिएको आत्मघाती कार बम आक्रमणमा ८० जनाको मृत्यु भएको थियो भने करिब ३ सय जना घाइते भएका थिए ।
उक्त घटनामा पाँचजना नेपालीहरु घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको नयाँदिल्ली स्थित नेपाली दूतावासले जनाएको छ । अहिले अफगानिस्तान पनि नयाँ दिल्ली दूतावासले हेर्दै आएको छ ।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको विस्तृत विवरण प्राप्त भइनसकेको दूतावासका अधिकारीहरुले जनाएका छन् ।
जर्मन दूतावास नजिककै भएको विस्फोटका कारण मंगलबार बिहान वरपरको करिब एक सय मिटरको दूरीमा रहेका घरमा क्षति पुगेको थियो ।


सोलुखुम्बु : दूधकौसीका गाउँपालिका–३ पञ्चन स्थायी घर भई हाल सदरमुकाम सल्लेरीमा डेरा गरी बस्ने राई थरकी एक १७ वर्षीया अविवाहित युवतीले अवैध सम्पर्कबाट नवजात शिशुलाई जन्म दिएर फाल्ने युवती पक्राउ परेकी हुन् । राई दूधकौसीका गाउँपालिका–३ पञ्चन स्थायी घर भई हाल सदरमुकाम सल्लेरीमा डेरा गरी बस्दै आएकी थिइन्।

सोलुदूधकुण्ड नगरपालिका-६ नयाँबजारनजिकै मङ्गलबार दिउँसो फोहोर फाल्ने स्थानमा राईले डेरामा नै नवजात शिशु लाई जन्म दिएर फालेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

करिब २ः३० बजे महिलाले प्लास्टिकको पोका फालेको केटाकेटीले देखेपछि नजिकै गएर हेर्दाहेर्दै शिशु चलेर बाहिर निस्केपछि चिच्याउँदै अभिभावकलाई खबर गरेका थिए । प्रत्यक्षदर्शीले दिएको हुलियाअनुसार प्रहरीले घटनामा संलग्नको खोजी कार्य तीव्र बनाएको थियो ।

कक्षा ११ मा अध्ययन गरी सल्लेरीमा डेरा गरी बस्दै आएकी राईलाई मङ्गलबार साँझ डेराबाटै पक्राउ गरिएको र प्रारम्भिक अनुसन्धानमा घटनामा आफू संलग्न रहेको स्वीकार गरेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो । शिशु कस्को हो र किन यस्तो घटना घट्न पुग्यो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रनाउ बुढाथोकीले बताउनुभयो ।


गोरखा : आरुघाट गाउँपालिका ५ आर्बाङका सीताराम भण्डारी बघिनीसंगको लडाइँ जितेर घर फर्कनु भएको छ ।घाँस काट्न जंगल जाँदा सोमबार बिहान साँढे नौ बजे दूध चुसाउँदै गरेकी बघिनीसंग जम्काभेट भएपछि भण्डारीको भिडन्त भएको थियो ।

बघिनीसंगको लडाईँमा ६० बर्षे भण्डारी घाइते भएका स्थानीय स्वास्थ्यकर्मी राजकुमार रजकले जानकारी दिनुभयो । ‘उहाँको दुवै हात, खुट्टा र पेटमा चोट लागेको छ’ भण्डारीको उपचार गर्नु भएका आरुआर्बाङ स्वास्थ्यचौकीका सिअहेब रजकले भन्नुभयो ‘उपचार गरेपछि घर फर्किनुभएको छ ।’

भण्डारी बिहान साँढे नौबजे स्थानीय अम्लेघारी वनमा घाँस काट्न जानु भएको थियो । घाइते भण्डारीको भनाइ उद्धृत गर्दै सिअहेब रजकले भन्नुभयो‘बघिनी बच्चाहरुलाई दूध चुसाइरहेको रहिछ । एक्कासी झम्टियो । मैले टाढैबाट खुर्पा प्रहार गरे । खुर्पाले नलागेपछि दुवैको घम्साघम्सी भयो ।’ १०, १२ मिनेट लामो भिडन्तपछि बघिनी भागेको भण्डारीलाई उद्धृत गर्दै रजकले सुनाउनुभयो । ‘घाँटी मर्काइदिएपछि बघिनी भागेको रहेछ’ उहाँले भन्नुभयो । 


काठमाडौं । सरकारले प्रस्तुत गरेको बजेटमा अब देखी बैदेशिक रोजगारीमा जानेहरुले बैंक खाता अनिवार्य खोल्नुपर्ने भएको छ ।
संसदमा बजेट प्र्रस्तुत गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले आगामी आर्थिक वर्षदेखि वैदेशिक रोजगारीमा जानुअघि बैंक खाता अनिवार्य खोल्नुपर्ने व्यवस्था गरिएको बताए ।
साथै विदेशमा कमाएको रकम त्यही खातामा पठाउनुपर्नेछ । उनका अनुसार यो खातामा नै रकम पठाउनु पर्नेछ ।


धादिङको ज्याम्रुङ भकारेमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ भने २० भन्दा बढी घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन्। धादिङबेसीबाट यात्रु बोकेर गएको बस गोलभञ्ज्याङमा पुगेर विग्रिएपछि सल्यानटारको बालबिकास बोर्डिङको बस यात्रु लिन गोलाभञ्ज्याङ आएको थियो। ग १ ख ३८०५ नम्बरको उक्त बोर्डिङ बस भकारेमा पुगेपछि अन्दाजी १०० मिटर सडकबाट तल खसेको छ। बस दुर्घनटना पछि प्रहरी सदरमुकामबाट घटनास्थल पुगेको र घाइतेहरुको उद्धारमा प्रहरीसहित स्थानीयवासी खटिइरहेका छन्।


सोलुखुम्बुको लुक्ला विमानस्थल नजिकै एक कार्गो विमान अवतरणको क्रममा शनिबार दिउसो दुर्घटनाग्रस्त भएको छ।
गोमा एअरको टर्बोप्रप विमान खराव मौसममाझ अवतरण गर्ने क्रममा तेन्जिङ-हिलरी विमानस्थल नजिकै ठोक्किएर खोंचमा खसेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बीबीसीलाई बताए।
लगत्तै विमानमा सवार दुई चालक र एक परिचारिकाको जिवितै उद्धार गरी नजिकैको अस्पताल पुर्याइएको थियो।
"दुई चालकको अवस्था निकै गम्भीर रहेको र परिचारिका चाहिँ बोल्न सक्ने अवस्थामा भएको थाहा पाएको छु," पाण्डेले भने -
"मौसम सफा हुने वित्तिकै हामी घाइतेलाई हेलिकोप्टरमा काठमाण्डू लैजाने तयारीमा छौं।"





धनगढी । धनगढी उपमहानगरपालिका–७ स्थित बुद्धचोकमा छ दिनअघि भएको वृद्ध दम्पतीको हत्या मृतकको पक्की घर हडप्ने दाउमा योजनाबद्ध रुपमा भएको खुलासा भएको छ ।

घटनाको अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय कैलालीले आज गरेको पत्रकार सम्मेलनमा ७२ वर्षीय बद्रीप्रसाद जोशी र उहाँकी ६५ वर्षीय श्रीमती कुन्तादेवि जोशीको हत्या योजनाबद्ध रुपमा भएको पत्ता लागेको प्रहरी उपरीक्षक अर्जुन चन्दले बताउनुभयो ।
बझाङ जिल्ला थलारा गाउँपालिकाकी लक्ष्मी ओली र निजका भाई नरेश भण्डारीको योजनामा जोशी दम्पतीको हत्या भएको उपरीक्षक चन्दले बताउनुभयो ।
भारतको बैङ्लोरमा रोजगारी गर्दै आएकी लक्ष्मीले धनगढीमा घर किन्ने सोच बनाई आफ्ना भाई नरेश भण्डारीलाई पैसा पठाउने गरेकामा निज भण्डारीले मृतकको घरमा दुई जनाबाहेक अरु परिवारका सदस्य कोही नबस्ने गरेको मौका पारी मृतकको घर हडप्ने योजना बनाएको बताइएको छ ।
यस्तो योजनाबारे अभियुक्त भण्डारीले बैङ्लोरमा बस्ने आफ्नै दिदी लक्ष्मीलाई जानकारी गराई हत्या गराउन राजा ओली र हरिष ओलीसँग समेत छलफल गरी छ महिनाअघि जोशी दम्पतीको हत्या योजना बनेको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ ।
सोही योजनाबमोजिम घरजग्गा छोरीका नाममा पास गरिदिने भन्दै बझाङमा बस्दै आएकी छोरी पूजा बटालालाई फोनमार्फत लक्ष्मीले धनगढी बोलाउन लगाएकी थिइन् । आमाको सल्लाहबमोजिम गत वैशाख २५ गते पूजा आफ्ना मामा नरेशसँगै धनगढी आएकी थिइन् । हत्या घटना हुनु छ दिनअघि मात्रै भारतबाट लक्ष्मी, राजा वली र हरिष ओलीसमेत धनगढी पुगेर मृतक बद्रीसँग मितबुबाको सम्बन्ध रहेको नाटकसमेत रचेको बताइएको छ ।
सो योजना सफल बनाउन पूजा बटालाले आफ्नो सासूससुरा समेतलाई आमा लक्ष्मीले धनगढीमा घर किनिदिएकाले किनेको घरमा बस्न आउनु भनी बझाङबाट धनगढी बोलाएको बताइएको छ ।
छरछिमेकमा घर खरिद गरेको भनेर देखाउन सोही घर परिसरमै भोज भतेर गर्ने, जसका कारण पछि घर सजिलैसँग बेचेर आर्थिक लाभ गर्न सकियोस् भन्ने योजनाका साथ हत्या घटना भएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले वृद्धवृद्धाको हत्या गरेर नेपाली कागजमा अँगुठा लगाइ बकस पत्र बनाई सम्पत्ति हडप्ने योजनाअनुसार हत्या गरिएको निष्कर्षसमेत निकालेको छ ।
हत्या घटनामा संलग्न भएका भनिएका बझाङ मौलाली–८ घर भई बैङ्लोरमा काम गर्दै आएकी पूजा बटालाकी आमा लक्ष्मी वली, मौलाली घर भई भारतमै काम गर्ने राजा ओली, हरिष ओली र मुख्य योजनाकार मानिएका नरेशबहादुर भण्डारी फरार रहेका छन् ।
अभियुक्त पूजा बटाला निजका ससुरा कलक बटालालाई पक्राउ गरी आवश्यक कारबाही अघि बढाएको छ । जेठ ७ गते साँझको समयमा धनगढीको बुद्धचोकस्थित आफ्नै पक्की घरमा जोशी दम्पतीको हत्या भएको थियो । हत्या भएको छ दिन बितिसक्दासम्म पनि मृतकको शव आफन्तले बुझ्न मानेका छैनन् । हत्यारालाई कडा कारबाही गर्न माग गर्दै मृतकका आफन्त र छिमेकीले शव नबुझेका हुन् । आफन्त छिमेकीले आज दिनभर जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शनसमेत गरेका थिए । रासस



काभ्रेमा भेटीए केपी भन्दा कडा उखानटुक्का भन्ने बा ! हेर्नुस् भिडियो हासाएरै मार्छन्

 


*  पसीना आएको बेला पानी पिउने ,छायामा बसेर अधिक हावा खाने ,छाती वा टाउको दुखाई उत्पन्न हुन सक्छ ।
*  भोजन गर्दा थोरै थोरै पानी पिउने ,भोजन पछि पानी नपिउने ।
*  दिनभर अफिसमा बसेर काम गर्ने व्यक्तिले घुमफिर गर्ने ।
*  जुठो पानी पिउनाले टिबी ,दम आदि घातक रोग सर्न सक्छ ।
*  पेटमा पानी भए नरिबल पानी दैनिक पिउनाले लाभ मिल्छ ।
*  महिलाहरुले बिशेष गरेर अंगुर ज्यादा सेबन गर्ने ।
*  दहीमा बेसन मिलायेर शरीरमा मल्नाले दुर्घन्ध हराउछ ।
*  सास फुलेमा दहीको कढ़ीमा लोकल घिऊ राखेर केही दिन खाने ।
*  लु बाट छुट्कारा पाउन मिर्श्री पानीमा कागति निचोरेर खाने ।
*  घाउ नपाकोस भनेर तातो तर् (जति सहन सकिन्छ ) बाध्ने ।


ग्ल्यान्ड टिबीका लक्षण

१. टाउको तथा घाँटी वरिपरि हातले छाम्न मिल्ने  गाठागुठी पलाउनु। यस्ता   गाँठागुठी प्रायः नदुख्ने किसिमका हुन्छन्।
२. साँझपख हलुका ज्वरो आउनु।
३. खाना खान मन नलाग्नु।
४. तौल घट्दै जानु।
५. कमजोर हुँदै जानु।
यस्ता लक्षण देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा गई आवश्यक सल्लाह लिनुका साथै परीक्षण गर्नुपर्छ।
यदि चिकित्सकलाई ग्ल्यान्ड टिबीको शंका लागेमा सुइको माध्यमले गरिने एफएनएसी जाँच गराइन्छ। यो जाँचको मद्दतले शल्यक्रिया नगरीकनै ग्ल्यान्ड टिबी भएको वा नभएको पता लाग्छ।
ग्ल्यान्ड टिबी देखिएमा चिकित्सकको सल्लाहअनुसार नियमित औषधि सेवन गर्नुपर्छ। औषधि खाँदै गएपछि गाँठागुठी बिस्तारै कम हुँदै जान्छ। र औषधिको मात्रा पूरा गरेपछि यो रोग पूर्णरुपमा निको हुन्छ।



१. तीते करेला
डायबेटिज भएकाका लागि करेला गुनकारी हुन्छ । यसमा हाइपोग्लिसेमिक नामक तत्व पाइन्छ, जसले पिसाब र रगतमा सुगरको मात्रा कम गरिदिन्छ । बढी लाभ हासिल गर्न बिहान खाली पेटमा तीतेकरेलाको जुस पिउने गर्नुपर्छ । करेलाको बियाँलाई पिसेर खानामा यसको पाउडर छरेर खाने गर्नाले पनि लाभ हुन्छ ।
२. अमला
अमला भिटामिन सीको उत्तम स्रोत हो । डायबेटिज भएकाका लागि अमलामा पाइने भिटामिन सी ज्यादै लाभदायक हुन्छ । एक चम्चा अमलाको रसमा एक कप तीतेकरेलाको जुस मिसाई दुई महिनासम्म बिहान नियमित सेवन गर्नाले उल्लेख्य सुधार महसुस गर्न सकिन्छ ।
३. जामुना
जामुनामा जाम्बोलाइन नाम गरेको ग्लुकोसाइड पाइन्छ, जसले शरीरभित्र चिनी उत्पादन हुने क्रमलाई कम गरिदिन्छ । जामुनको दाना सुकाई यसको धुलो बनाउन सकिन्छ र एक चम्चा धुलोलाई दूध, पानी अथवा दहीसँग मिसाएर खाइयो भने रगत र पिसाबमा चिनीको मात्रा कम हुँदै जान्छ ।

४. मेथी
दिनहुँ २५ देखि सय ग्रामसम्म मेथीका दाना खाएर रगत र पिसाबमा चिनीको मात्रा कम गर्न सकिन्छ । कति मात्रामा मेथी खाने भन्ने निक्र्याैल गर्नका लागि आयुर्वेदबारे जानकार वैद्यको परामर्श लिन आवश्यक छ ।

५. चना
चना भिजाएको पानी खाने गर्नाले पनि शरीरमा चिनीको मात्रा सन्तुलित हुने गर्छ ।

६. आँपको पात
आँपको कलिलो पात डायबेटिज रोगीका लागि अतिउपयोगी हुन्छ । १६ ग्रामजति आँपको पातलाई अढाई सय मिलिलिटर पानीमा रातभरि भिजाउने र बिहान पातलाई राम्रोसँग निचोरी नियमित पिउने गर्नाले डायबेटिजलाई नियन्त्रित अवस्थामा राख्न सकिन्छ । आँपको पात सुकाई यसको चूर्ण बनाएर दुई चम्चा चूर्ण दिनमा दुई पटक खाने गर्नाले पनि लाभ हुन्छ ।

७. अन्य खाना
मौसम, जरेसिमी, काँक्रो, प्याज, लसुनजस्ता खाना पनि डायबेटिजका रोगीका निम्ति ज्यादै लाभदायक हुन्छन् ।



मधुमेह नियन्त्रणमा राख्छ

भन्टा फाइबरको महत्वपूर्ण स्रोत भएकाले ब्लड सुगरलाई नियमित राख्न र ग्लुकोजलाई नियन्त्रण राख्न मद्धत गर्छ । यसले गर्दा टाइप टु डाइबिटिज लाग्नबाट बचाउँछ ।


मुटुरोग लाग्नबाट बचाउँछ

भन्टाको नियमित सेवनले कोलेस्टेरोलको तहलाई घटाउन सहयोग गर्छ । यसका साथै रक्तचापलाई स्थिर गर्न मद्धत गर्ने भएकाले मुटुको रोग लाग्ने सम्भावनाकम गर्छ । यसमापाइने पोटासियमका कारण शरीरलाई हाइड्रेट राख्छ ।

दिमागलाई स्वस्थ राख्छ

भन्टामा पाइने फाइटोन्युट्रियन्टका कारण दिमागको सेल मेम्ब्रेनलाई हुने सम्भावित क्षतिबाट बचाउछ र सन्देशलाई एक ठाउबाट अर्को ठाउमा पु¥याउन सहयोग गर्छ । यसबाट स्मरण क्षमतामापनि वृद्धि हुन्छ ।
 
आइरनको उत्पादनमा सहयोग गर्छ

हाम्रो दैनिकजीवनलाई सहजपार्न शरीरमा आइरनको तत्व पनि आवश्यक हुन्छ । चाहिनेभन्दा बढी आइरन पनि शरीरलाई हानिकारक हुन्छ  । भन्टामा पाइने नासुनिन तत्वले शरीरबाट अनावश्यक आइरन हटाउन मद्धत गर्छ । यसले हृदयाघातको खतरा पनि घटाउछ ।

तौल नियन्त्रण गर्न पनि मद्धत गर्छ

यसमा पानीको तत्व बढी हुनाले यसबाट क्यालोरीपनिकम प्राप्त हुन्छ । यहीकारण यो सबैभन्दा उत्कृष्ट खाद्यपदार्थ भएको छ । यसैले भन्टाको नियमित सेवनले तौल नियन्त्रण गर्नपनि सहयोग गर्छ ।

पाचनप्रक्रियामा सहयोग गर्छ

यसमा पाइने फाइबरले पाचन प्रणालीलाई स्वस्थ राख्छ । यसबाट कब्जियत रोकथाम हुनुकासाथै कोलोन क्यान्सरको सम्भावनालाई पर राख्छ ।

दीर्घरोगबाट बचाउँछ

भन्टाको नियमित सेवनले मुटुको रोग र स्ट्रोक हुने सम्भावनालाई कम गर्छ ।

धूमपान हटाउन सहयोग गर्छ

भन्टामा थोरै मात्रामा निकोटिन हुन्छ । जसले बिस्तारै धूमपान हटाउन सहयोगी भूमिका खेल्छ ।
 
एन्टी ब्याक्टेरियल हुन्छ

यो भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ, जुन एन्टीभाइरल र एन्टी ब्याक्टेरियलको प्रभावकारी स्रोत मानिन्छ ।

छालाका लागिउपयोगी

भन्टा मिनरल्स, भिटामिन र डाइटरी फाइबरको उच्च स्रोत हो । यसमा पानीको मात्रापनि धेरै हुन्छ । त्यसैले यसले छाला सुख्खा हुन दिँदैंन र चम्किलो बनाउँछ । यसका साथै यसले छालाको क्यान्सर पनि रोकथाम गर्छ ।

 कपालका लागि उपयोगी

भन्टामापाइने पानीले कपालको जरालाई पोषण दिन्छ र कपालपनि बढाउँछ ।

करेला खानुका ९ फाइदा 

१. शरीरमा कफ जम्मा भएमा करेला  खानुपर्छ । करेलामा पाइने फस्फोरसले शरीरको कफ निकास गर्न सघाउँछ ।
२. करेलाले पाचनशक्ति बलियो बनाउँछ र भोक जगाउँछ ।
३. करेला शितल खाद्य भएकाले गर्मी याममा करेला खाने गर्नु लाभदायक हुन्छ ।
४. दमको समस्या भएकाहरूले मसला नहालीकन पकाएको करेलाको तरकारी खानु राम्रो हुन्छ ।
५. पक्षघात भएकाहरूलाई काँचो करेला खुवाउँदा सुधारका संकेत देखा परेका उदाहरण पनि छन् ।
६. बान्ता, हैजा आदि भएमा करेलाको रसमा थोरै पानी र कालो नुन छरेर खाने गरेमा तुरुन्त लाभ मिल्छ ।
७. कलेजोसम्बन्धी समस्या भएकाहरूका लागि पनि करेलाको तरकारी ज्यादै उपयोगी हुन्छ ।
८. डायबेटिजको समस्या भएकाहरूका लागि करेलाको तरकारी उत्तम मानिन्छ । यसले शरीरमा चिनीको मात्रालाई नियन्त्रित गर्छ ।
९. करेला खाने गर्नाले रगत सफा हुन्छ । रगतमा हेमोग्लोबिनको मात्रा बढाउनका लागि पनि करेला खाने गर्नुपर्छ ।

१. बदाम

दैनिक ८ देखि १० वटा बदाम भिजाएर खानाले शरीरको रोग प्रतिरोधक क्षमता बढ्नुका साथै मस्तिष्कलाई तनावसित लड्न शक्ति समेत प्राप्त हुन्छ । यसबाट प्राप्त हुने भिटामिन ईले शरीरमैं रहेका नेचुरल किलर सेल्स बढाउन मद्दत गर्छ। विषाणु र क्यान्सरयुक्त कोशिकालाई नष्ट गर्न सघाउछ । बदामले शरीरमा बी टाइपको कोशिकाको संख्या बढाउने काम गर्छ। यी कोशिकाले एन्टिबडिज निर्माण गर्छन्, जसले शरीरमा भएका हानिकारक ब्याक्टेरियालाई नष्ट गर्न सहायता गर्छ। बदाममा पाइने भिटामिन ईले छालालाई स्वस्थ बनाउनुका साथै रिंकल समेत बस्न दिँदैन ।

२. सुन्तला

सुन्तला, कागती, अनार, कटहर आदि फलमा भिटामिन ‘सी’ पर्याप्त मात्रामा पाइन्छ। यसले हरेक रुरोगसँग लड्ने श्वेत रक्तकोशिका निर्माण गर्न मद्दत गर्छ । यस्ता फलको सेवनबाट बन्ने एन्टिबडिज कोशिकाको सतहमा एक प्रकारको आवरण बनाउँछ, जसले शरीरभित्र भाइरस पस्न दिँदैन । त्यसैगरी कोलेस्ट्रोल बढाउँछ र ब्लडप्रेसरलाई पनि नियन्त्रणमा राख्छ। यसले हृदयको धमनीमा बोसो जम्ने प्रक्रियालाई कम गर्छ। यी फलमा पाइने नेचुरल केमिकल कम्पाउन्डले शरीरको रोग प्रतिरोधक क्षमतालाई समेत सक्रिय बनाउँछ ।

३. लसुन

लसुनले धेरै मात्रामा एन्टी अक्सिडेन्ट बनाएर मानव शरीरको इम्युन सिस्टमलाई बिरामसित लड्ने शक्ति प्रदान गर्छ। यसमा सलिसिन नामक तत्व पाइन्छ, जसले शरीरलाई इन्फेक्सन र ब्याक्टेरियासित लड्ने शक्ति प्रदान गर्छ। प्रतिदिन भोजनमा लसुनको प्रयोग गर्नाले पेटको अल्सर र क्यान्सरबाट जोगिन सकिन्छ । दैनिक लसुन सेवन गर्नाले ब्लडप्रेसरलाई नियन्त्रणमा राख्न सहयोग पुग्छ र यसबाट लामो समयसम्म शरीरको इम्युन सिस्टम पनि बलियो रहन्छ।

४. पालुंगो

पौष्टिक तत्वले परिपूर्ण यो तरकारीलाई सुपर फुड पनि भनिन्छ । यसमा फोलेट नामक तत्व पाइन्छ । जसले शरीरमा नयाँ कोशिका बनाउनुका साथै ती कोशिकामा रहेका डिएनएको मर्मत गर्ने काम पनि गर्छ साथै यसमा भएको फाइबर आइरन, एन्टी अक्सिडेन्ट तत्व र भिटामिन सीले शरीरलाई हरेक तबरबाट स्वस्थ राख्छ । उमालेको पालुंगो सेवन गर्नाले पाचन प्रणालीले सही ढंगमा काम गर्छ र कब्जियतको समस्या पनि कम भएर जान्छ ।

५. मसरुम

शरीरको रोग प्रतिरोधक क्षमता बढाउन मसरुम अत्यन्त लाभदायक हुन्छ । यसले श्वेत रक्त कोशिकालाई सक्रिय बनाएँछ । यसमा सेलेनियम नामक मिनरल, एन्टी अक्सिडेन्ट तत्व भिटामिन सी, रिबोफलेविन तथा नाइसिन नामक तत्व पाइन्छ । मसरुममा एन्टी भायरल, एन्टी ब्याक्टेरियल तथा एन्टी ट्युमर तत्व हुन्छ। प्रतिदिन ३० ग्राम मसरुम सेवन गर्न सके इम्युन सिस्टम बलियो रहन्छ। सलाद, सुप र पास्तासित यसको राम्रो प्रयोग हुन सक्छ।

६. ब्रोकाउली

ब्रोकाउलीमा भिटामिन ए र सीबाहेक ग्लुटाथियोन नामक एन्टी अक्सिडेन्ट तत्व पाइन्छ । यसले इम्युन सिस्टमलाई बलियो बनाउँछ । स्टिम गरेर यसलाई सलादका रुपमा सेवन गर्दा शरीरलाई पर्याप्त मात्रामा प्रोटिन तथा क्याल्सियम प्राप्त हुन्छ ।


यी समस्या भएमा ल्वाङ खानुहोस 

एक लिटर पानीमा ८–१० गोटा ल्वाङका राखेर पानी उमाल्ने । पानी मनतातो भइसकेपछि पिउने । रुघा र ज्वरो आएको मानिसलाई फाइदा पुर्याउँछ । ‌
पेटमा जुका परेको छ भने ३–४ गोटा ल्वाङ पिसेर एक चम्चा महमा मिसाउने र खाने । केही दिनसम्म यसो गरेमा समस्याबाट राहत पाउन सकिन्छ ।
मुखमा घाउ भएको भने दुईतीनटा ल्वाङ हल्का भुटेर मुखमा राख्ने र चुस्ने ।
८–१० गोटा ल्वाङ पिसेर नरिवल तेलमा मिसाउने र मसाज गर्ने । यसो गर्दा टाउको दुखाइबाट राहत पाउन सकिन्छ ।
गर्धन दुखेको छ भने तोरीको तेलमा केही गोटा ल्वाङका पिसेर मिसाउने र गर्धनका मसाज गर्ने । दुखाइको अन्त्य हुनेछ ।
दाँत दुखेमा दुईतीनटा ल्वाङ पिसेर एक चम्चा कागतीको रसमा मिसाउने । यो मिश्रण दाँतमा घस्ने । दाँत दुखाइमा राहत पाउनुहुनेछ ।
एक कप उमलिएको पानीमा दुइटा ल्वाङ पिसेर हाल्ने । पानी चिसो भएपछि पिउने । यसो गर्दा पेटमा ग्यासको समस्याबाट राहत मिल्नेछ ।
दुईतीनटा ल्वाङसँग एउटा सुकुमेल चपाउने । यसो गर्दा सास गन्हाउने समस्याबाट मुक्ति पाइन्छ ।

 बेसार खानुका ६ फाइदा 

१. क्यान्सर निको पार्छ  
बेसारमा पाइने सर्कुमिन नामक मुख्य तत्वले टाउको र घाँटीमा क्यान्सर वृद्धि गर्ने इन्जाइमलाई रोक्छ । यो अमेरिकाको मेरिल्याण्डमा गरिएको अध्ययनबाट प्रमाणित भएको हो ।
२. शक्तिशाली एन्टिअक्सिडेन्ट 
युनिभर्सिटी अफ मेरिल्याण्डमा गरिएको अध्ययनमा बेसारमा शक्तिशाली एन्टिअक्सिडेन्ट तत्व हुन्छ, जसले क्यान्सर गराउने तत्वबाट लड्न मद्धत गर्छ । यसका साथै अन्य धेरै अध्ययनहरूले बेसारमा पाइने  सर्कुमिन तत्वले प्रोस्टेट, छाला र कोलोनलगायतका अन्य विभिन्न खाले क्यान्सर हुनबाट समेत रोक्छ ।
 ३. रोग प्रतिरोधी 
बेसारमा लिपोपोलिसेच्चाराइड नामक तत्व हुन्छ । यसले शरीरको रोगप्रतिरोधी क्षमतालाई अझ मजबुत बनाउछ । शरीरमा ब्याक्टेरियाको समस्याबाट पनि बचाउँछ । फंगल इन्फेक्सनबाट पनि बचाउने गुण यसमा हुन्छ ।
४. शारीरिक सौन्दर्यमा 
बेसारको प्रयोग स्वास्थ्यका दृष्टिले मात्र नभई शारीरिक सौन्दर्यका हिसाबले पनि गरिन्छ । यसले अनुहारमा अनावश्यक पत्र जम्न दिँदैंन र बढ्दो उमेरको प्रभाव रोक्छ । यसका लागि तीन चम्चा बेसनमा एक चौथाई बेसार र पानी मिसार पेष्ट बनाउनुपर्छ । अनुहारमा लगाएर सुक्न दिएपछि मनतातो पानीले हल्का मसाज गर्दै धुनुपर्छ ।
५. चाउरीमा 
काचो दुध, गोलभेंडाको रस, चामलको पिठो र बेसार मिसाएर पेष्ट बनाउनुस् । यसलाई अनुहारमा लगाएर सुक्न दिनुर्प । दुधमा रहेको ल्याक्टिक एसिडले छालाको मृत कोषिकालाई मर्मत गर्छ । मही र उखुको रसमा बेसार मिसाएर पिउने गर्नाले आँखाको मुनी हुने कालो घेरा र चाउरी ठीक हुनछ ।
६. उत्कृष्ट प्राकृतिक एन्टिबायोटिक 
बेसारमा दुध मिसाएर सेवन गर्नाले छाला, पेट र शरीरका अन्य कयौं रोग निको पार्न मद्दत गर्छ । दुध प्राकृतिक प्रतिजैविक भएकाले यसले शरीरको प्राकृतिक संक्रमण रोक्छ । बेसार र दुध दुवै गुणकारी हुन्छ । यदि यी दुवैलाई एकसाथ मिसाएर सेवन गर्नाले डबल फाइदा हुन्छ । गर्मीमा एक चौथाई चम्चा र जाडोमा आधा चम्चा बेसार मिसाएर एक गिलास दुधमा मिसाएर पिउनाले लाभदायी हुन्छ । दिनहुँ बेसार मिसाइएको दुध पिउनाले शरीरमा पर्याप्त मात्रामा क्याल्सियम प्राप्त हुन्छ । हड्डी स्वस्थ हुन्छ । यसबाट ओष्टियोपोरोसिसका रोगीलाई फाइदा हुन्छ ।

कलेजो स्वस्थ राख्ने ९ खाना


१. प्याज

 प्याजमा लिभर इन्जाइमलाई सक्रिय बनाउने क्षमता हुन्छ, जसले शरीरमा भएका विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ । यसमा अधिकमात्रामा हुने अलाइसिन र सेलेनियम नामक दुईवटा प्राकृतिक तत्वले कलेजोलाई स्वस्थ राख्न मद्धत गर्छ ।

२. अंगुर
अंगुरमा भिटामिन सि र एन्टिअक्सिडेन्ट उच्च मात्रामा पाइन्छ, जसले कलेजोलाई प्राकृतिक रुपमा सफा पार्छ । एक गिलास अंगुरको रसले कलेजोलाई विषाक्तमुक्त गर्ने इन्जाइम उत्पादनमा सहयोग गर्छ ।
३. चुकन्दर र गाँजर
यी दुवैमा बेटा क्यारोटिन उच्च मात्रामा पाइन्छ । त्यसैले चुकन्दर र गाँजरको सेवनले कलेजोले काम गर्ने क्षमता बढाउँछ ।
४. ग्रीन टी
यो कलेजोको स्वास्थ्यका लागि उपयुक्त पदार्थ हो । यसमा क्याटेचिन्स नामक एन्टिअक्सिडेन्ट पाइन्छ, जसले कलेजोलाई सहयोग गर्छ । ग्रीन टी स्वादिष्टमात्र नभएर यसले समग्र डाइटमा पनि वृद्धि गर्छ ।
५. हरिया सागसब्जी 
कलेजो सफा गर्ने शक्तिशाली खाद्यपदार्थमा हरिया सागसब्जी पनि पर्छन् । काँचै खाँदा, पकाएर खाँदा या जुस बनाएर जसरी खाएपनि यो कलेजोको स्वास्थ्यका लागि उपयोगी हुन्छ । यसमा क्लोरोफिल्स पाइने भएकाले रगतबाट वातावरणीय विषाक्त पदार्थ निकाल्न मद्दत गर्छ ।
६. एभोकाडो
पोषकतत्वले भरपूर एभोकाडोले कलेजो सफा गर्न आवश्यक तत्व ग्लुटाथाइन उत्पादन गर्न सहयोग गर्छ ।
७. स्याउ
यसमा पेक्टिन नामक तत्व उच्च मात्रामा पाइने भएकाले पाचन प्रणालीबाट विषाक्त पदार्थ सफा गर्छ ।
८. ब्रोकाउली र काउली
यी तरकारीले शरीरमा ग्लुकोसिनोलेट नामक तत्व वृद्धि गर्छन्, जसले कलेजोमा इन्जाइमको काम गर्छ । यी प्राकृतिक इन्जाइमले शरीरबाट कार्सियोजिन्स र अन्य विषाक्त पदार्थहरु बाहिर निकाल्न मद्दत गर्छ । यसबाट क्यान्सर हुने खतरा पनि कम हुन्छ ।
९. कागती 
सिटरस जातका फलफुलमा उच्चमात्रामा भिटामिन सि पाइन्छ । बिहान नियमित रुपमा कागती पानी पिउनाले कलेजोलाई राम्रोसंग काम गर्न मद्दत गर्छ ।

MKRdezign

संपर्क फ़ॉर्म

नाम

ईमेल *

संदेश *

Blogger द्वारा संचालित.
Javascript DisablePlease Enable Javascript To See All Widget