2017


बिपि लोकमार्ग सडकअन्तर्गत गोलनजोर गाउँ पालिका ७ र सुनकाेसि गाउपालिका काे सिमानामा सिन्धुलि खुर्कोट नजिकै भालु खोलामा 12:20 बजे काठमाण्डौबाट मन्थलि जादै गरेको ना १ ज ४९३५ नम्बरकाे टाटा सुमाे दुर्घटना हुदा चालकाे घटनास्थलमै ज्यान गएकाे छ भने  यात्रु ६ जना घाइते भएका छन् | चालक दाेलखा मार्फुका २२ बर्सीय रामहरि दासकाे घट्नास्थलमै मृत्यु भएको  हाे |







युरिक एसिड रगतमा नभई नहुने महत्वपूर्ण तत्व हो। यसले शरीरमा 'एन्टी अक्सिडेन्ट'को काम गर्छ। तर, युरिक एसिडको मात्रा चाहिनेभन्दा बढी भएमा यसले जोर्नीहरुमा समस्या ल्याउँछ र 'गाउट' भन्ने रोग लाग्छ। युरिक एसिडलाई एक प्रकारको बाथरोगका रुपमा बुझ्न सकिन्छ। यसले जोर्नीहरुमा अत्याधिक दुखाइ गराउँछ। रगतमा युरिक एसिड बन्ने र युरिक एसिड पिसाबबाट बाहिर निस्किने प्रक्रियामा गडबडी भयो भने रगतमा पर्याप्त मात्रामा युरिक एसिड घुल्न पाउँदैन र विस्तारै गाउटको रुप लिन्छ। एउटा स्वस्थ मानिसमा युरिक एसिडको मात्रा ६ दशमलब ८ एमजी/डिएल हुनुपर्छ। जसलाई गाउट वा युरिक एसिडको समस्या छ त्यस्ता व्यक्तिमा युरिक एसिडको मात्रा ५ एमजी/डिएलभन्दा कम राख्नुपर्ने हुन्छ।
कुनै व्यक्तिमा युरिक एसिड बढी देखिए पनि जोर्नीको दुखाइ नहुन सक्छ। यस्ता व्यक्तिलाई गाउट नभएर 'हाइपरयुरेसिमिया' भएको हुन सक्छ। त्यसले जोर्नीमा असर गर्दैन। जसलाई युरिक एसिड भएकै कारण जोर्नी (खुट्टाको बुढी औँला र आसपास) मा दुख्छ, त्यो गाउट हो भनेर बुझ्नुपर्छ। युरिक एसिडबाट हुने बाथरोग नै गाउट हो। यो वंशाणुगत समस्या पनि हुन्छ। यसलाई दुई तरिकाले हेर्न सकिन्छ।
दीर्घकालीन गाउट
यो कडा खालको जोर्नी दुख्ने समस्या हो। लामो समयसम्म युरिक एसिडको समस्या हुनेहरु दीर्घकालीन गाउटका बिरामी हुन्। यस्तो अवस्थाका बिरामीलाई औषधि खाँदा केही समय निको हुने र पछि फेरि बल्झिने र जोर्नीहरुमा अत्याधिक दुखाइ हुने गर्छ। प्रायःजसो ६ महिना वा वर्ष दिनभन्दा बढी युरिक एसिडको समस्या भएकाहरुलाई गाउटको दीर्घरोगीका रुपमा लिन सकिन्छ। यस्तो समस्या भएकाहरुमा दुखेको जोर्नी माथिबाट 'टोफाइ' भन्ने सानो कमलो मासुको डल्लो जस्तो देखा पर्छ। यस्तो समस्या भएकालाई खुट्टाको बुढी औँला र आसपासमा मात्र होइन शरीरका अन्य जोर्नीमा पनि दुखेको महसुस हुन्छ।
एक्युट
तुरुन्तै खुट्टाका जोर्नीहरु रातो भएर सुन्निनु वा अचानक दुख्नु एक्युटको लक्षण हो। छुँदा पनि दुख्ने र हिँड्न असहज हुने यस्तो समस्या भएकाहरुले औषधि खाँदा वा खानपिनमा नियन्त्रण गर्दा सन्चो हुन्छ। यो समस्या मध्यपान र धूमपान गर्नेलाई बढी देखिन्छ।
सामान्यतया जोर्नी दुख्दैमा गाउट भएको भन्न मिल्दैन। जोर्नी दुख्ने विभिन्न कारण हुन्छन्। गाउट भए/नभएको जान्नका लागि जोर्नी दुखेको वा सुन्निएको ठाँउबाट पानी झिकेर जाँच गराउनुपर्छ। जाँच गराउँदा जोर्नीहरुमा सुइको टुप्पो जस्तो आकार भएका साना-साना 'क्रिस्टल'हरु देखा परेपछि गाउट भएको थाहा पाउन सकिन्छ।
कसरी हुन्छ युरिक एसिड?
युरिक एसिड पहिलो पटक खुट्टाको बुढी औँला र त्यसको आसपासको जोर्नीहरुबाट दुख्न सुरु हुन्छ। यसलाई 'मेटाटार्सल जोइन्ट' भनिन्छ। प्रायः राति सुतेको बेला जोर्नीहरु अत्याधिक दुख्ने गर्छ र बिहान उठ्दा सुन्निएको हुन्छ। सुरुसुरुमा खुट्टाको बुढी औँलामा मात्र हुने दुखाइ समयमा उपचार नहुँदा अन्य ठूला जोर्नीहरुमा पनि सर्न थाल्छ। युरिक एसिड भएको थाहा नपाएकाहरुलाई रातो मासुको अधिक प्रयोग र मध्यपान सेवन गर्दा एक्कासी बुढी औँलाको जोर्नी सुन्निने र दुख्ने समस्या आउँछ। युरिक एसिडको समस्या महिनावारी नरोकिएका महिलालाई भने निकै कम मात्रामा देखिन्छ। महिनावारी हुँदा निस्कने हर्मोनले जोर्नी दुख्ने समस्यालाई कम गराउँछ।
खाना पूरै बार्नेभन्दा सन्तुलित भोजन जरुरी
युरिक एसिडको समस्या भएकाहरुलाई प्रायः मुख बार्नुपर्छ भनेर बुझाइन्छ र अधिकांशले त्यसै गर्छन्। तर, यो बुझाइ नै गलत छ। युरिक एसिडको समस्या भएकाहरुले गेडागुडी, रातोमासु, काउली खानै नहुने होइन, खान सक्छन् तर त्यसको मात्रा मिलाएर खान सक्नुपर्छ। एकैचोटि धेरै होइन कि थोरै-थोरै गरेर खान सकिन्छ। यस्तै, चिकित्सकको परामर्श अनुसार औषधिको नियमित प्रयोग गरेमा खाना बार्नुपर्दैन। तर, यस्तो समस्या भएकाहरुले धूमपान र मध्यपान भने गर्नु हुँदैन। अमिलो हालेको, खाँदेको वा गालेको अचार, तामा जस्ता खानेकुरा चाहिँ बार्नुपर्छ।
यस्ता खानेकुराले युरिक एसिडको दर बढाउँछ। युरिक एसिड 'प्युरिन मेटाबोलिजम'को गडबडीले हुने भएकाले प्युरिन तत्व भएका खानेकुरा (जस्तै: फूलगोभी, च्याउ, पालुङ्गो, गेडागुडी आदि) कम खानुपर्छ। यस्तै, गुलियो पदार्थले पनि युरिक एसिड बढाउँछ। यस्तै, सामुद्रिक खानाले पनि युरिक एसिडको मात्रा बढाउँछ। क्यान्सर र पिसाब लगाउने औषधिको अत्याधिक प्रयोगले पनि युरिक एसिडको मात्रा ह्वात्तै बढाउँछ।
युरिक एसिडको समस्या भएका वा गाउटका बिरामीले दूधजन्य पदार्थ भने ढुक्कले खाँदा हुन्छ। यस्ता पदार्थले कुनै बिगार गर्दैन। युरिक एसिडको समस्या प्रायः ३० वर्ष नाघेकाहरुमा बढी देखिन्छ। क्यान्सर, मुटुरोग र मिर्गौला रोगीहरुमा युरिक एसिडको समस्या आउन सक्छ। ट्युमरका कोषहरु टुक्रेर पनि युरिक एसिड बन्छ। त्यस्तै उच्च रक्तचाप चिनीरोग र मोटोपना धेरै भएकाहरुमा पनि युरिक एसिडको समस्या आउन सक्छ। एकचोटि युरिक एसिडले दुखेको जोर्नी फेरि नदुख्न पनि सक्छ तर प्रायः दुईदेखि ६ महिनाभित्रमा फेरि दुखाइ सुरु हुन्छ।
लक्षण
- खुट्टाको बुढी औँला र आसपासका जोर्नीहरु सुन्निनु।
- जोर्नी राति बढी दुख्नु।
- दुखाइ सहनै नसक्ने हुनु।
- लामो सयम युरिक एसिडको समस्या भएकालाई घुँडा, कुइनो लगायतका जोर्नीहरुमा पनि दुख्नु।
- ज्वरो आउनु, आदि।
असर
युरिक एसिड बढेमा वा गाउटको समयमै उपचार नभएमा मिर्गौलामा असर पार्न सक्छ। यसले मिर्गौला फेल बनाउन सक्छ र मिर्गौलामा पत्थरी हुनसक्छ। गाउटले जोर्नीहरुमा 'डिफर्मेसन' (जस्तैः खुट्टाको बुढी औँला र जोर्नीहरुको आकार वा स्वरुप बिग्रनु) ल्यादिन्छ। युरिक एसिडले विस्तारै मुटुमा पनि असर पुर्‍याउँछ। यस्तै, शरीरका विभिन्न अंगमा जटिल समस्या ल्याइदिन सक्छ।
बच्ने उपाय
१. नियमित व्यायम गर्ने।
२. पर्याप्त मात्रामा पानी पिउने। तर, मुटुका बिरामीले भने पानीको मात्रा चिकित्सकको सल्लाह अनुसार पिउनुपर्छ।
३. धूमपान र मध्यपानबाट टाढै बस्ने।
४. प्युरिन तत्व बढी हुने रातो मासु, गेडागुडी, गालेको अचार, फुलगोभी, च्याउ, पालुङ्गोको सेवन कम गर्ने।
५. गुलियो पदार्थ वा यस्ता अन्य पेय पदार्थको प्रयोग कम गर्ने।
६. शरीरको वजन घटाउने।
७. नियमित ‍औषधिको प्रयोग गर्ने।
८. समय-समयमा चिकित्सकको परामर्श लिने।

सिसिटिभी बाट खिचिएको भिडियो हेर्नुहोस



दोलखा नम्दुकी उर्मिला तामाङ पति हिंसाबाट घाइते अवस्थामा । तस्बिर: उर्मिलाको दाजु अमित तामाङ तेल अनुहारभरी परेपछि आँखा नै नदेख्नेगरी जलन भएर भाग्दा पनि श्रीमान कुमार तामाङले तलाई आगो लगाउछु भन्दै लखेटेपछि हारगुहार गरेँ ।,’ ३४ बर्षया उर्मिलाले रुदै भनिन, ‘ममाथि अन्याय भयो, न्याय पाउँ ।’ जेष्ठ २५, २०७४ ‘दिनभरी मेलामा काम गरेर थाकेकाले मासु खान मन लाग्यो । १३ बर्षका कान्छा छोराले खुसी हुँदै बजारबाट मासु लिएर आयो ।
कराइमा तेल तात्दै थियो, म प्याज काट्दै थिएँ । श्रीमानले एक्कासी तातो तेल अनुहारमा खनाइदियो ।’ दोलखास्थित बैत्यश्वर गाउँपालिका— ६ नाम्दूकी उर्मिला तामाङले काठमाडौंस्थित टिचिङ अस्पतालको प्लास्टिक सर्जरी ३७ नम्बर शैयाबाट फोनमार्फत भनिन् । ‘तेल अनुहारभरी परेपछि आँखा नै नदेख्नेगरी जलन भएर भाग्दा पनि श्रीमान कुमार तामाङले तलाई आगो लगाउछु भन्दै लखेटेपछि हारगुहार गरेँ ।,’ ३४ बर्षया उर्मिलाले रुदै भनिन, ‘ममाथि अन्याय भयो, न्याय पाउँ ।’
मंगलबार घटना हुनेबित्तिकै प्रहरी पुग्दा आरोपी ३९ बर्षिय कुमार फरार भएको दोलखा प्रहरीका सूचना अधिकारी प्रेमसागर केसीले बताउनुभयो । उहाँकाअनुसार गत मंगलबार भएको महिला हिंसाको घटनापछि आरोपीको खोजीमा प्रहरी परिचालन गरिएको छ । उजुरी परेपछि घटनालाई संवेदनशील सूचीमा राखेर अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो । मंगलबार राती ८ बजे भएको घटनापछि देवरले मोटरसाइकलमा हालेर घाइते उर्मिलालाई काब्रे मैनापोखरीस्थित अस्पताल लगेका थिए । उर्मिलाको दाजु अमित तामाङले भने, ‘घाइते बहिनी उर्मिलालाई बुधबार उपचारका लागि काठमाडौं ल्याइएको हो ।
अनुहार, आखाँ, जिब्रो, दाहिने पाखुरा र ढाडमा तातो तेलले पोलेको डाहाले उनी राम्रोसँग बोल्न सक्दिनन् ।’ जेठा १७ बर्ष, माइला १३ बर्ष र ९ बर्षकी छोरीकी आमा उर्मिलालाई यसअघि पनि दुईपटक कुमारले हिंसा गरेको आरोप छ । ‘केही बर्षअघि मोबाइलमा घन्टी बजेपछि कसको ‘मिसकल’ आयो भन्दै कुट्दै लगाइराखेको लुगा सबै च्यातेर बेइजतीपूर्वक घरबाट निकालिदियो,’ उर्मिलाले भनिन, ‘त्यसबेला पनि छिमेकीले आश्रय दिएपछि ज्यान बँचेको र लाज ढाक्ने मौका पाएकी थिएँ ।’
केहीसमय अघि बनमा दाउरा लिन को जाने भन्ने झगडामा पनि कपालको रौं नै उखेलिने गरी भुत्ल्याउदै कुटपीटि गरेको पनि सहेकी उनले सुनाइन् । मदिरा सेवन गरेर आयो की आरोप लगाउँदै कुटपीट गर्ने गरेको उनीको आरोप छ । उपचारमा सहयोग गरिरहेका अमित तामाङले बहिनी उर्मिलाले बारम्बार श्रीमानको कुटाइबाट ज्यान बचाँउन मुस्किल भो भनेर फोन गरेको बताए । ‘छोराछोरीको मुख हेरेर घर सम्हाल्नु भन्यौ, त अहिले झण्डै बहिनीको ज्यान नै गयो,’ उनले घाइते बहिनीको उपचार घटनाको यथार्थ बुझी कारबाहीको व्यवस्था हुनुपर्ने बताए । कान्तिपुरबाट


नवलपरासी  । नवलपरासीमा अज्ञात समुहले २ बालकको अपरहण गरेको छ । रामग्राम-४ बैरिहवा घर भएका  १५  वर्षीय दिपेन्द्र सहानी र १६ वर्षीय मोहन हरिजनलाई अज्ञात समुहले अपहरण गरेर बेपत्ता पारेको छ ।

उनीहरु सोहि ठाउँमा रहेको  हिलोरियस चिल्ड्रेन एकेडेमी स्कुलमा कक्षा-८ मा अध्ययनरत थिए । स्कुलबाट घर  फर्कने क्रममा उनीहरुको अपहरण भएको प्रहरीले जनाएको छ । नम्बर नखुलेको कालो कारमा राखेर उनीहरुको अपहरण गरिएको स्थानीयको भनाई छ ।

अपहरणकारीले मुखमा कालो पट्टि बाँधेकाले  चिन्न नसकिएको स्थानीयले बताएका छन् । प्रहरीले घटना थाहा पाउना साथ अपहरणकारीको खोजी कार्य जारी राखेपनि अहिलेसम्म कुनै पत्तो लाग्न सकेको छैन ।   घटना पश्चात नवलपरासी प्रहरीले राजमार्ग र भित्रि सडकहरुमा सुरक्षा चेकिङ कडाई गरेको जनाएको छ । 

डोटीका लालबहादुर आउजीलाई अपहरण गर्ने भारतीय प्रहरीहरुलाई कुनै कारबाही नगरी भारतको जिम्मा लगाइएको छ । 

बिना इजाजत नेपाल आएका उनीहरुले बुधबार मध्यरातमा दिपायल सिलगढी नगरपालिका ८ लडागडाका लालबहादुर आउजीलाई अपहरण गरेका थिए । 

उनिहरुलाई प्रहरीले पक्राउ गरेपनि भारतीय प्रहरी अधिकारी डिएसपी नाग राजसहित नेतृत्वमा रहेको पुष्टि भएपछि उनीहरुलाई प्रहरीले सम्मानपूर्वक भारतीय प्रहरीको जिम्मा लगाएर पठाएको प्रहरीले जनाएको छ ।


यस अघि पनि नेपालका विभीन्न भागमा हतीयारसहीत भारतीय प्रहरी छिरेर नेपालीहरुलाई दुख दिएपनि नेपाल सरकारले भने त्यसै छाड्ने गरेको छ ।



काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवा मुलुकको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।माओवादी केन्द्र, राप्रपा, नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टीलगायत दलको समर्थनमा देउवा चौथोपटक प्रधानमन्त्री निर्वाचित भएका हुन् ।

प्रधानमन्त्री पदका लागि देउवाकोमात्रै उम्मेदवारी परेको थियो । देउवाको पक्षमा ३८८ मत पर्‍यो भने विपक्षमा १७० मत परेको थियो । एमाले, नेकपा माले, नेपाल मजदुर किसान पार्टी, परिवार दललगायतको विपक्षी गठबन्धन उम्मेदवारीविरुद्ध उभिएको थियो । देउवा समकालिन नेताहरुमा सबैभन्दा बढी चौथोपटक प्रधानमन्त्री बन्ने रेकर्ड समेत बनाएका छन् ।
कहिले कहिले भए देउवा प्रधानमन्त्री ?
१.पहिलो पटक –२०५२ भाद्र २७ देखि २०५३ फागुन २० (५७४ दिन /१८ महिना
२.दोस्रो पटक –२०५८ श्रावण ११ देखि २०५९ आश्विन १८ (४३५ दिन /साढे १४ महिना )
३. तेस्रो पटक –२०६१ जेठ २१ देखि २०६१ माघ १९ (२४३ दिन/८ महिना )


धादिङ्गको सिम्लेमा यात्रुबाहक माईक्रोबसले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
बुटवलबाट राजधानी जाँदै गरेको लु १ प २६७४ नम्बरको माइक्रोले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको सिम्लेमा बटुवालाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

अधिक गतिमा रहेको माइक्रोले बाटोमा हिँडिरहेकी थाक्रे गाउँपालिका–२ सिम्ले बस्ने बन्दना परियारलाई ठक्कर दिएको थियो । माइक्रोको ठक्करले परियारको घटनास्थलमै मृत्यु भएको थियो ।
यसैगरी घाइते भएकी गंगा थापाको पनि उपचारको लागि काठमाडौं लैजाँदै गर्दा बाटैमा मृत्यु भएको नौविसे प्रहरीले बताएको छ । घाइते  सुष्मा थापालाई उपचारको लागि राजधानीको नर्भिक अस्पताल लगिँदै छ ।

ठक्करपछि उत्तेजित भीडले चालकसहित माइक्रोलाई आगजनीको प्रयास गरेका थिए । तर प्रहरीले चालकलाई बाहिर निकालेको थियो । स्थानिय प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक भरत दुराले आक्रोशित स्थानीयले पैदल यात्रीलाई ठक्कर दिने माईक्रो जलाइदिएको बताएका छन् । आक्रोशित स्थानीयले अहिले राजमार्ग अवरुद्ध गरेका छन् ।


नेपाल पैसा पठाउन शुल्क नलाग्ने तयारी गर्दैछ नेपाल सरकार
विदेशमा रहेका नेपाली कामदारले औपचारिक प्रणालीबाट स्वदेशमा रकम पठाउँदा लाग्ने शुल्क तथा कमिसन नेपाल सरकारले व्यहोर्ने भएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार आगामी आर्थिक वर्षको बजेटले यस्तो व्यवस्था गर्ने भएको हो । यस्तो भएमा विदेशबाट नेपालमा पैसा पठाउने लाखौ नेपालीहरूलाई फाइदा हुनेछ ।
किन यस्तो गर्न लागेको ?
हुण्डीबाट नेपालमा पैसा पठाउने क्रम बढेपछि धेरै ठगीका घटनाहरू भएकाले त्यसलाई कम गर्न
हुण्डीबाट रेमिट्यान्स पठाउने प्रवृत्तिलाई घटाउन र कामदारहरुले पैसा पठाउँदा तिर्नुपर्ने रकम घटाउन
राष्ट्र बैङ्कको गत असोजमा प्रकाशित एक प्रतिवेदनअनुसार लागतकै कारण कतिपयले हुण्डीबाट पैसा पठाउन सहज मान्ने गरेका छन् । कुल ३ सय २० घरपरिवारमा गरिएको नमुना सर्वेक्षणमा ३.८ प्रतिशतले रकम पठाउँदा लाग्ने खर्चकै कारण औपचारिक प्रणाली प्रयोग नगरेको पाइएको थियो । यो तथ्याङ्कलाई घटाउन
‘स्वदेश पैसा पठाउन महँगो हुने भएकाले कोरिया लगायतका मुलुकबाट आधाभन्दा बढी कामदारले हुन्डीमार्फत रकम पठाउने गरेको पाइएकाले त्यसलाई सहज बनाउन
औपचारिक तरिका (रेमिट्यान्स कम्पनीहरू) बाट पैसा पठाउनेहरू घटे
अनौपचारिक क्षेत्रबाट आउने रेमिट्यान्सको वास्तविक अध्ययन नभए पनि यसमा वृद्धि भइरहेकोले औपचारिक बाटोबाट आउने रेमिट्यान्स घटेको छ
विगत १५ वर्षको अवधिमा रेमिट्यान्स भित्रने दरमा १३ गुणाले वृद्धि देखिए पनि वार्षिक वृद्धिदर घट्दो क्रममा रहेको छ ।
आव ०७१/७२ मा वार्षिक रेमिट्यान्स भित्रने दरमा १३.६ प्रतिशत वृद्धि देखिएकोमा आव ०७२/७३ मा यस्तो वृद्धिदर ७.७ प्रतिशतमा सीमित भएको थियो । चालु आव ०७३/७४ को पहिलो दुई महिना रेमिट्यान्सको आप्रवाह कम भएको र नेपालबाट विदेश लाभांश भुक्तानी बढी भएकाले पनि देश घाटामा (शोधानान्तर घाटा) गएको थियो । चालु आवको आठ महिनामा भने देशमा भित्रिएको रेमिट्यान्सको वृद्धिदर ३.७ प्रतिशतमा सीमित भएको छ ।
यसरी ‍औपचारिक तरिकाबाट पैसा पठाउनेहरू घट्नु भनेको सरकार गरिब हुँदै जानु तर मान्छे धनी हुँदै जानु हो
त्यसैको कारणले गर्दा
गत असारमा संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले रेमिट्यान्स पठाउदा लाग्ने शुल्क तथा कमिसन सरकारले नै व्यहोर्ने नीतिगत व्यवस्था गर्न अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैङ्कलाई निर्देशन दिएको थियो
समितिले बैङ्किङ प्रणालीबाटै रेमिट्यान्स भित्रने व्यवस्था सुनिश्चित गर्न पनि भनेको थियो ।
यसैको कारणले आगामी बजेटबााट पैसा पठाउँदा पैसा नलाग्ने व्यवस्था सरकारले गर्न लागेको हो ।
तपाईँले यसरी सहयोग गर्न सक्नुहुन्छ
पैसा पठाउँदा ‍‍‍औपचारिक तरिकाबाट मात्र पठाउनुहोस् यसो गर्दा तपाईँले पैसा पठाउँदा तिरेको रकम सरकारको कमाइमा जान्छ
सरकारले बाटो घाटो तथा विकास निर्माणको कार्य त्यही पैसाले बनाउने हो
हुण्डी जस्तो अवैधानिक माध्यमबाट पैसा आफू पनि नपठाउनुहोस् अरूलाई पनि नपठाउन भन्नुहोस्
स्रोत : शुभ यात्रा
from http://qnradio.com/5946


बैदेशिक रोजगार पर्वद्धन वोर्डवाट बैदेशिक रोजगारमा गएका कामदारहरु अङ्गभङ्ग तथा मृत्यु भएमा आर्थिक सहायता प्रदान गदै आएको छ ।
बैदेशिक रोजगार पर्वद्धन वोर्डवाट प्रदान गरिने आर्थिक सहायता र औषधीपचार सम्बन्धी प्राप्त गर्न अपनाउनुपर्ने तरिकाहरु निम्न अनुसार छन् ।

मृतक कामदारका हकदारले पाउने आर्थिक सहायता

वैदेशिक रोजगार ऐन २०६४ को दफा ३८ ‘घ’ मा उल्लेख भए अनुसार र बैदेशिक रोजगार नियमावली २०६४ को नियम २८ बमोजिम बैदेशिक रोजगारमा गई मृत्यु भएका कामदारका परिवारलाई निम्न अनुसार प्रकृया पूरा गरी रु. ३,००,००० (तीन लाख) आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था छ ।
बैदेशिक रोजगार बिभागवाट श्रम स्वीकृति लिई गएको करार अवधिभित्र मृत्यु भएको
मृत्यु भएको प्रमाणित भएको १ बर्ष्भित्र मृतक कामदारको हकवालाले वोर्डको सचिवालयमा निवेदन पेश गरेको हुनुपर्दछ ।

निवेदन साथ संलग्न हुनु पर्ने कागजातहरु

-मृतक कामदारको पासपोर्ट,
-श्रम स्वीकृति पत्र,
-करारपत्र
-Death Certificate
-रोजगारदाता मुलुकको,
-सम्वन्धित दूतावासको शिफारिसपत्र
-मृत्यूदर्ता प्रमाणपत्र,
-हकवालासँग मृतकको नाता प्रमाणितपत्र
-मृतक कामदारको नागरिकता
-हकवालाको नागरिकता
-हकवालाको पासपोर्ट साइजको फोटो २ प्रति
-मृतक अविवाहित भए सो को प्रमाणित कागजात ।

अंगभंग भएका कामदारले पाउने आर्थिक सहायता

-बैदेशिक रोजगारमा भई दुर्घटनामा परी अंगभंग भई स्वदेश फर्किएका कामदारलाई वोर्डले अंगभंगको प्रकृति अनुसार निम्न आधारमा बढीमा रु. ३,००,००० (तीन लाख) सम्म आर्थिक -सहायता उपलव्ध गराउँछ ।

आधारहरु

-बैदेशिक रोजगार बिभागवाट श्रम स्वीकृति लिई गएको ।
-करार अवधि भित्र अंगभंग भएको ।
-अंगभंग भई स्वदेश फर्किएको १ बर्षभित्र बैदेशिक रोजगार प्रवर्द्धन वोर्डको सचिवालयमा निवेदन दिएको ।

आवश्यक कागजातहरु

-कामदारको पासपोर्ट
-श्रम स्वीकृति पत्र
-करारपत्र
-रोजगारदाता मुलुकमा उपचार गराएको पे्रसकिप्सन
-सम्वन्धित दूतावासको शिफारिसपत्र
-कामदारको नागरिकता
-अंगभंग भएको कामदारको अंगभंग भएको फोटो
-नेपाल फर्किएपछि सरकारी अस्पतालमा उपचार गराएको प्रेसकिप्सन
-नेपाल र्फकदाको हवाई टिकट ।
– See more at: http://sajhasabal.com/kathmandu/tips/22585#sthash.I8ne7mWE.dpuf

कुराकानीको अँशः
 म अलि बच्चा बच्ची स्वभावको छु । त्यो भएर पनि मलाई छोटो कपडा स्कर्टहरु लगाउन मन पर्छ । सेक्सी पहिरन चाहिँ मलाई भगवानले नै शरीरको संरचना गर्दा अली सेक्सी टाइपको गर्नुभएछ क्यारे ।
खासगरी मेरो व्रेष्ट अलि एट्रयाक्टिभ भएर होला हरेक पहिरनमा क्लिभेज चाहिँ सेक्सी देखिन्छ । म ड्रेसअपको लागी त्यसो माहिर चाहिँ छैन । नढाँटी भन्नुपर्दा माहिर हुन चाहे पनि आर्थिक रुपमा ईफोर्ट नै गर्न सक्दिनँ ।
म आफूलाई सफल पनि मान्दिनँ, असफल पनि मान्दिनँ । जीन्दगीलाई गुजारा गर्नुसम्म हो । गुजारा चलिराकै छ । मलाई के लाग्छ भने ज्योति मगरको गीतहरु नसुनेर, ज्योति मगर कतिसम्म क्रिएटिभ छ भन्ने थाहा नपाएर, उसको कुनै पनि क्रियशन मूल्याङकन नगरेर कपडाको कुरालाई टपिक बनाएर मलाई सेन्सर गर्न खोज्नुहुने आदर्शवादी महानुभावहरुलाई म लाटो देशको गाँडो तन्नेरी जस्तै ठान्छु । 


धनगढी: डोटीको दिपायल–सिलगढी नगरपालिका–८ लडागडाका लालबहादुर आउजीलाई घरबाटै पक्राउ गरेर लैजादै गर्दा भारतीय प्रहरीका डिएसपी सहित पाँच जना भारतीय प्रहरी र दुई जना नेपाली गरी सात जनालाई डोटी प्रहरीले बुधरबार राती पक्राउ गरेको छ । 

स्थानीय बासिन्दाका अनुसार प्रसादले रातीको ३ बजे लालबहादुरको घरको ढोका ढकढक्याएपछि लालबहादुरकी श्रीमतीले को हो भनी सोध्दा प्रसादले आफ्नो परिचय दिएपछि ढोका खोल्नासाथ भारतीय प्रहरीको समूह भित्र पसेर लालबहादुरलाई हात खुट्टा बाँधी जवरजस्ती गाडीमा हालेर लगेका थिए ।

घटनाको बारेमा स्थानीय बासिन्दाले तत्काल इलाका प्रहरी कार्यालय लडागडामा खवर गरेका थिए । लडागडा प्रहरीले गाडी रोक्न नसकेपछि जिल्ला प्रहरी कार्यालय डोटीलाई खबर गरिएको बताइएको छ ।जिल्ला प्रहरी कार्यालय डोटीको हतियार सहितको टोलीले गाडी राति नै नियन्त्रणमा लिएको थियो । 

सिलगढी प्रहरी चेक पोष्टमा उक्त गाडी रोक्न खोज्दा भारतीय प्रहरीले रोक्न नमानी भाग्न खोज्दा नेपाल प्रहरीले फायर खोल्ने चेतावनी दिएपछि मात्र उक्त गाडी रोकिएको थियो ।

प्रहरी स्रोतका अनुसार भारतमा बैंक डकैतीको आरोप लागेका लालबहादुर आउजीलाई, भारतमा रहेका उनकै दुई जना साथीहरुहरुको सहयोगमा भारतीय प्रहरी डोटी पुगेका थिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय डोटीमा राखिएको छ भने भारतीय प्रहरीका उच्च अधिकारीहरुको रहोबरमा छोडिने डिआईजी देउजाले जानकारी दिनुभयो ।

उहाँले, नेपालीलाई भने भारतीय प्रहरीलाई नबुझाउने बताउनुभयो । भारतमै रहेका दुई जना नेपालीहरु र पाँच जना प्रहरी बुधबार बेलुकी शैलश्वरी घुम्न जाने भन्दै धनगढीबाट गाडी बुक गरेर डोटी गएका थिए । 

पक्राउ परेका भारतीय प्रहरीसँग कुनै हतियार नरहेको र वर्दी पनि नभएको नेपाल प्रहरीले जनाएको छ ।



काठमाडौंः अफगानिस्तानको राजधानी काबुलमा मंगलबार बिहान भएको शक्तिशाली बम विष्फोटमा पाँच नेपाली घाइते भएका छन् ।
घाइते नेपालीहरु काबुलस्थित जर्मन दुताबासमा सुरक्षा गार्डका रुपमा कार्यरत रहेका थिए ।
राजदूतावास भएको क्षेत्रमा बिहान गरिएको आत्मघाती कार बम आक्रमणमा ८० जनाको मृत्यु भएको थियो भने करिब ३ सय जना घाइते भएका थिए ।
उक्त घटनामा पाँचजना नेपालीहरु घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको नयाँदिल्ली स्थित नेपाली दूतावासले जनाएको छ । अहिले अफगानिस्तान पनि नयाँ दिल्ली दूतावासले हेर्दै आएको छ ।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको विस्तृत विवरण प्राप्त भइनसकेको दूतावासका अधिकारीहरुले जनाएका छन् ।
जर्मन दूतावास नजिककै भएको विस्फोटका कारण मंगलबार बिहान वरपरको करिब एक सय मिटरको दूरीमा रहेका घरमा क्षति पुगेको थियो ।


सोलुखुम्बु : दूधकौसीका गाउँपालिका–३ पञ्चन स्थायी घर भई हाल सदरमुकाम सल्लेरीमा डेरा गरी बस्ने राई थरकी एक १७ वर्षीया अविवाहित युवतीले अवैध सम्पर्कबाट नवजात शिशुलाई जन्म दिएर फाल्ने युवती पक्राउ परेकी हुन् । राई दूधकौसीका गाउँपालिका–३ पञ्चन स्थायी घर भई हाल सदरमुकाम सल्लेरीमा डेरा गरी बस्दै आएकी थिइन्।

सोलुदूधकुण्ड नगरपालिका-६ नयाँबजारनजिकै मङ्गलबार दिउँसो फोहोर फाल्ने स्थानमा राईले डेरामा नै नवजात शिशु लाई जन्म दिएर फालेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

करिब २ः३० बजे महिलाले प्लास्टिकको पोका फालेको केटाकेटीले देखेपछि नजिकै गएर हेर्दाहेर्दै शिशु चलेर बाहिर निस्केपछि चिच्याउँदै अभिभावकलाई खबर गरेका थिए । प्रत्यक्षदर्शीले दिएको हुलियाअनुसार प्रहरीले घटनामा संलग्नको खोजी कार्य तीव्र बनाएको थियो ।

कक्षा ११ मा अध्ययन गरी सल्लेरीमा डेरा गरी बस्दै आएकी राईलाई मङ्गलबार साँझ डेराबाटै पक्राउ गरिएको र प्रारम्भिक अनुसन्धानमा घटनामा आफू संलग्न रहेको स्वीकार गरेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो । शिशु कस्को हो र किन यस्तो घटना घट्न पुग्यो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रनाउ बुढाथोकीले बताउनुभयो ।


गोरखा : आरुघाट गाउँपालिका ५ आर्बाङका सीताराम भण्डारी बघिनीसंगको लडाइँ जितेर घर फर्कनु भएको छ ।घाँस काट्न जंगल जाँदा सोमबार बिहान साँढे नौ बजे दूध चुसाउँदै गरेकी बघिनीसंग जम्काभेट भएपछि भण्डारीको भिडन्त भएको थियो ।

बघिनीसंगको लडाईँमा ६० बर्षे भण्डारी घाइते भएका स्थानीय स्वास्थ्यकर्मी राजकुमार रजकले जानकारी दिनुभयो । ‘उहाँको दुवै हात, खुट्टा र पेटमा चोट लागेको छ’ भण्डारीको उपचार गर्नु भएका आरुआर्बाङ स्वास्थ्यचौकीका सिअहेब रजकले भन्नुभयो ‘उपचार गरेपछि घर फर्किनुभएको छ ।’

भण्डारी बिहान साँढे नौबजे स्थानीय अम्लेघारी वनमा घाँस काट्न जानु भएको थियो । घाइते भण्डारीको भनाइ उद्धृत गर्दै सिअहेब रजकले भन्नुभयो‘बघिनी बच्चाहरुलाई दूध चुसाइरहेको रहिछ । एक्कासी झम्टियो । मैले टाढैबाट खुर्पा प्रहार गरे । खुर्पाले नलागेपछि दुवैको घम्साघम्सी भयो ।’ १०, १२ मिनेट लामो भिडन्तपछि बघिनी भागेको भण्डारीलाई उद्धृत गर्दै रजकले सुनाउनुभयो । ‘घाँटी मर्काइदिएपछि बघिनी भागेको रहेछ’ उहाँले भन्नुभयो । 


काठमाडौं । सरकारले प्रस्तुत गरेको बजेटमा अब देखी बैदेशिक रोजगारीमा जानेहरुले बैंक खाता अनिवार्य खोल्नुपर्ने भएको छ ।
संसदमा बजेट प्र्रस्तुत गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले आगामी आर्थिक वर्षदेखि वैदेशिक रोजगारीमा जानुअघि बैंक खाता अनिवार्य खोल्नुपर्ने व्यवस्था गरिएको बताए ।
साथै विदेशमा कमाएको रकम त्यही खातामा पठाउनुपर्नेछ । उनका अनुसार यो खातामा नै रकम पठाउनु पर्नेछ ।


धादिङको ज्याम्रुङ भकारेमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ भने २० भन्दा बढी घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन्। धादिङबेसीबाट यात्रु बोकेर गएको बस गोलभञ्ज्याङमा पुगेर विग्रिएपछि सल्यानटारको बालबिकास बोर्डिङको बस यात्रु लिन गोलाभञ्ज्याङ आएको थियो। ग १ ख ३८०५ नम्बरको उक्त बोर्डिङ बस भकारेमा पुगेपछि अन्दाजी १०० मिटर सडकबाट तल खसेको छ। बस दुर्घनटना पछि प्रहरी सदरमुकामबाट घटनास्थल पुगेको र घाइतेहरुको उद्धारमा प्रहरीसहित स्थानीयवासी खटिइरहेका छन्।


सोलुखुम्बुको लुक्ला विमानस्थल नजिकै एक कार्गो विमान अवतरणको क्रममा शनिबार दिउसो दुर्घटनाग्रस्त भएको छ।
गोमा एअरको टर्बोप्रप विमान खराव मौसममाझ अवतरण गर्ने क्रममा तेन्जिङ-हिलरी विमानस्थल नजिकै ठोक्किएर खोंचमा खसेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बीबीसीलाई बताए।
लगत्तै विमानमा सवार दुई चालक र एक परिचारिकाको जिवितै उद्धार गरी नजिकैको अस्पताल पुर्याइएको थियो।
"दुई चालकको अवस्था निकै गम्भीर रहेको र परिचारिका चाहिँ बोल्न सक्ने अवस्थामा भएको थाहा पाएको छु," पाण्डेले भने -
"मौसम सफा हुने वित्तिकै हामी घाइतेलाई हेलिकोप्टरमा काठमाण्डू लैजाने तयारीमा छौं।"





धनगढी । धनगढी उपमहानगरपालिका–७ स्थित बुद्धचोकमा छ दिनअघि भएको वृद्ध दम्पतीको हत्या मृतकको पक्की घर हडप्ने दाउमा योजनाबद्ध रुपमा भएको खुलासा भएको छ ।

घटनाको अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय कैलालीले आज गरेको पत्रकार सम्मेलनमा ७२ वर्षीय बद्रीप्रसाद जोशी र उहाँकी ६५ वर्षीय श्रीमती कुन्तादेवि जोशीको हत्या योजनाबद्ध रुपमा भएको पत्ता लागेको प्रहरी उपरीक्षक अर्जुन चन्दले बताउनुभयो ।
बझाङ जिल्ला थलारा गाउँपालिकाकी लक्ष्मी ओली र निजका भाई नरेश भण्डारीको योजनामा जोशी दम्पतीको हत्या भएको उपरीक्षक चन्दले बताउनुभयो ।
भारतको बैङ्लोरमा रोजगारी गर्दै आएकी लक्ष्मीले धनगढीमा घर किन्ने सोच बनाई आफ्ना भाई नरेश भण्डारीलाई पैसा पठाउने गरेकामा निज भण्डारीले मृतकको घरमा दुई जनाबाहेक अरु परिवारका सदस्य कोही नबस्ने गरेको मौका पारी मृतकको घर हडप्ने योजना बनाएको बताइएको छ ।
यस्तो योजनाबारे अभियुक्त भण्डारीले बैङ्लोरमा बस्ने आफ्नै दिदी लक्ष्मीलाई जानकारी गराई हत्या गराउन राजा ओली र हरिष ओलीसँग समेत छलफल गरी छ महिनाअघि जोशी दम्पतीको हत्या योजना बनेको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ ।
सोही योजनाबमोजिम घरजग्गा छोरीका नाममा पास गरिदिने भन्दै बझाङमा बस्दै आएकी छोरी पूजा बटालालाई फोनमार्फत लक्ष्मीले धनगढी बोलाउन लगाएकी थिइन् । आमाको सल्लाहबमोजिम गत वैशाख २५ गते पूजा आफ्ना मामा नरेशसँगै धनगढी आएकी थिइन् । हत्या घटना हुनु छ दिनअघि मात्रै भारतबाट लक्ष्मी, राजा वली र हरिष ओलीसमेत धनगढी पुगेर मृतक बद्रीसँग मितबुबाको सम्बन्ध रहेको नाटकसमेत रचेको बताइएको छ ।
सो योजना सफल बनाउन पूजा बटालाले आफ्नो सासूससुरा समेतलाई आमा लक्ष्मीले धनगढीमा घर किनिदिएकाले किनेको घरमा बस्न आउनु भनी बझाङबाट धनगढी बोलाएको बताइएको छ ।
छरछिमेकमा घर खरिद गरेको भनेर देखाउन सोही घर परिसरमै भोज भतेर गर्ने, जसका कारण पछि घर सजिलैसँग बेचेर आर्थिक लाभ गर्न सकियोस् भन्ने योजनाका साथ हत्या घटना भएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले वृद्धवृद्धाको हत्या गरेर नेपाली कागजमा अँगुठा लगाइ बकस पत्र बनाई सम्पत्ति हडप्ने योजनाअनुसार हत्या गरिएको निष्कर्षसमेत निकालेको छ ।
हत्या घटनामा संलग्न भएका भनिएका बझाङ मौलाली–८ घर भई बैङ्लोरमा काम गर्दै आएकी पूजा बटालाकी आमा लक्ष्मी वली, मौलाली घर भई भारतमै काम गर्ने राजा ओली, हरिष ओली र मुख्य योजनाकार मानिएका नरेशबहादुर भण्डारी फरार रहेका छन् ।
अभियुक्त पूजा बटाला निजका ससुरा कलक बटालालाई पक्राउ गरी आवश्यक कारबाही अघि बढाएको छ । जेठ ७ गते साँझको समयमा धनगढीको बुद्धचोकस्थित आफ्नै पक्की घरमा जोशी दम्पतीको हत्या भएको थियो । हत्या भएको छ दिन बितिसक्दासम्म पनि मृतकको शव आफन्तले बुझ्न मानेका छैनन् । हत्यारालाई कडा कारबाही गर्न माग गर्दै मृतकका आफन्त र छिमेकीले शव नबुझेका हुन् । आफन्त छिमेकीले आज दिनभर जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शनसमेत गरेका थिए । रासस



काभ्रेमा भेटीए केपी भन्दा कडा उखानटुक्का भन्ने बा ! हेर्नुस् भिडियो हासाएरै मार्छन्

 


*  पसीना आएको बेला पानी पिउने ,छायामा बसेर अधिक हावा खाने ,छाती वा टाउको दुखाई उत्पन्न हुन सक्छ ।
*  भोजन गर्दा थोरै थोरै पानी पिउने ,भोजन पछि पानी नपिउने ।
*  दिनभर अफिसमा बसेर काम गर्ने व्यक्तिले घुमफिर गर्ने ।
*  जुठो पानी पिउनाले टिबी ,दम आदि घातक रोग सर्न सक्छ ।
*  पेटमा पानी भए नरिबल पानी दैनिक पिउनाले लाभ मिल्छ ।
*  महिलाहरुले बिशेष गरेर अंगुर ज्यादा सेबन गर्ने ।
*  दहीमा बेसन मिलायेर शरीरमा मल्नाले दुर्घन्ध हराउछ ।
*  सास फुलेमा दहीको कढ़ीमा लोकल घिऊ राखेर केही दिन खाने ।
*  लु बाट छुट्कारा पाउन मिर्श्री पानीमा कागति निचोरेर खाने ।
*  घाउ नपाकोस भनेर तातो तर् (जति सहन सकिन्छ ) बाध्ने ।


ग्ल्यान्ड टिबीका लक्षण

१. टाउको तथा घाँटी वरिपरि हातले छाम्न मिल्ने  गाठागुठी पलाउनु। यस्ता   गाँठागुठी प्रायः नदुख्ने किसिमका हुन्छन्।
२. साँझपख हलुका ज्वरो आउनु।
३. खाना खान मन नलाग्नु।
४. तौल घट्दै जानु।
५. कमजोर हुँदै जानु।
यस्ता लक्षण देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा गई आवश्यक सल्लाह लिनुका साथै परीक्षण गर्नुपर्छ।
यदि चिकित्सकलाई ग्ल्यान्ड टिबीको शंका लागेमा सुइको माध्यमले गरिने एफएनएसी जाँच गराइन्छ। यो जाँचको मद्दतले शल्यक्रिया नगरीकनै ग्ल्यान्ड टिबी भएको वा नभएको पता लाग्छ।
ग्ल्यान्ड टिबी देखिएमा चिकित्सकको सल्लाहअनुसार नियमित औषधि सेवन गर्नुपर्छ। औषधि खाँदै गएपछि गाँठागुठी बिस्तारै कम हुँदै जान्छ। र औषधिको मात्रा पूरा गरेपछि यो रोग पूर्णरुपमा निको हुन्छ।



१. तीते करेला
डायबेटिज भएकाका लागि करेला गुनकारी हुन्छ । यसमा हाइपोग्लिसेमिक नामक तत्व पाइन्छ, जसले पिसाब र रगतमा सुगरको मात्रा कम गरिदिन्छ । बढी लाभ हासिल गर्न बिहान खाली पेटमा तीतेकरेलाको जुस पिउने गर्नुपर्छ । करेलाको बियाँलाई पिसेर खानामा यसको पाउडर छरेर खाने गर्नाले पनि लाभ हुन्छ ।
२. अमला
अमला भिटामिन सीको उत्तम स्रोत हो । डायबेटिज भएकाका लागि अमलामा पाइने भिटामिन सी ज्यादै लाभदायक हुन्छ । एक चम्चा अमलाको रसमा एक कप तीतेकरेलाको जुस मिसाई दुई महिनासम्म बिहान नियमित सेवन गर्नाले उल्लेख्य सुधार महसुस गर्न सकिन्छ ।
३. जामुना
जामुनामा जाम्बोलाइन नाम गरेको ग्लुकोसाइड पाइन्छ, जसले शरीरभित्र चिनी उत्पादन हुने क्रमलाई कम गरिदिन्छ । जामुनको दाना सुकाई यसको धुलो बनाउन सकिन्छ र एक चम्चा धुलोलाई दूध, पानी अथवा दहीसँग मिसाएर खाइयो भने रगत र पिसाबमा चिनीको मात्रा कम हुँदै जान्छ ।

४. मेथी
दिनहुँ २५ देखि सय ग्रामसम्म मेथीका दाना खाएर रगत र पिसाबमा चिनीको मात्रा कम गर्न सकिन्छ । कति मात्रामा मेथी खाने भन्ने निक्र्याैल गर्नका लागि आयुर्वेदबारे जानकार वैद्यको परामर्श लिन आवश्यक छ ।

५. चना
चना भिजाएको पानी खाने गर्नाले पनि शरीरमा चिनीको मात्रा सन्तुलित हुने गर्छ ।

६. आँपको पात
आँपको कलिलो पात डायबेटिज रोगीका लागि अतिउपयोगी हुन्छ । १६ ग्रामजति आँपको पातलाई अढाई सय मिलिलिटर पानीमा रातभरि भिजाउने र बिहान पातलाई राम्रोसँग निचोरी नियमित पिउने गर्नाले डायबेटिजलाई नियन्त्रित अवस्थामा राख्न सकिन्छ । आँपको पात सुकाई यसको चूर्ण बनाएर दुई चम्चा चूर्ण दिनमा दुई पटक खाने गर्नाले पनि लाभ हुन्छ ।

७. अन्य खाना
मौसम, जरेसिमी, काँक्रो, प्याज, लसुनजस्ता खाना पनि डायबेटिजका रोगीका निम्ति ज्यादै लाभदायक हुन्छन् ।



मधुमेह नियन्त्रणमा राख्छ

भन्टा फाइबरको महत्वपूर्ण स्रोत भएकाले ब्लड सुगरलाई नियमित राख्न र ग्लुकोजलाई नियन्त्रण राख्न मद्धत गर्छ । यसले गर्दा टाइप टु डाइबिटिज लाग्नबाट बचाउँछ ।


मुटुरोग लाग्नबाट बचाउँछ

भन्टाको नियमित सेवनले कोलेस्टेरोलको तहलाई घटाउन सहयोग गर्छ । यसका साथै रक्तचापलाई स्थिर गर्न मद्धत गर्ने भएकाले मुटुको रोग लाग्ने सम्भावनाकम गर्छ । यसमापाइने पोटासियमका कारण शरीरलाई हाइड्रेट राख्छ ।

दिमागलाई स्वस्थ राख्छ

भन्टामा पाइने फाइटोन्युट्रियन्टका कारण दिमागको सेल मेम्ब्रेनलाई हुने सम्भावित क्षतिबाट बचाउछ र सन्देशलाई एक ठाउबाट अर्को ठाउमा पु¥याउन सहयोग गर्छ । यसबाट स्मरण क्षमतामापनि वृद्धि हुन्छ ।
 
आइरनको उत्पादनमा सहयोग गर्छ

हाम्रो दैनिकजीवनलाई सहजपार्न शरीरमा आइरनको तत्व पनि आवश्यक हुन्छ । चाहिनेभन्दा बढी आइरन पनि शरीरलाई हानिकारक हुन्छ  । भन्टामा पाइने नासुनिन तत्वले शरीरबाट अनावश्यक आइरन हटाउन मद्धत गर्छ । यसले हृदयाघातको खतरा पनि घटाउछ ।

तौल नियन्त्रण गर्न पनि मद्धत गर्छ

यसमा पानीको तत्व बढी हुनाले यसबाट क्यालोरीपनिकम प्राप्त हुन्छ । यहीकारण यो सबैभन्दा उत्कृष्ट खाद्यपदार्थ भएको छ । यसैले भन्टाको नियमित सेवनले तौल नियन्त्रण गर्नपनि सहयोग गर्छ ।

पाचनप्रक्रियामा सहयोग गर्छ

यसमा पाइने फाइबरले पाचन प्रणालीलाई स्वस्थ राख्छ । यसबाट कब्जियत रोकथाम हुनुकासाथै कोलोन क्यान्सरको सम्भावनालाई पर राख्छ ।

दीर्घरोगबाट बचाउँछ

भन्टाको नियमित सेवनले मुटुको रोग र स्ट्रोक हुने सम्भावनालाई कम गर्छ ।

धूमपान हटाउन सहयोग गर्छ

भन्टामा थोरै मात्रामा निकोटिन हुन्छ । जसले बिस्तारै धूमपान हटाउन सहयोगी भूमिका खेल्छ ।
 
एन्टी ब्याक्टेरियल हुन्छ

यो भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ, जुन एन्टीभाइरल र एन्टी ब्याक्टेरियलको प्रभावकारी स्रोत मानिन्छ ।

छालाका लागिउपयोगी

भन्टा मिनरल्स, भिटामिन र डाइटरी फाइबरको उच्च स्रोत हो । यसमा पानीको मात्रापनि धेरै हुन्छ । त्यसैले यसले छाला सुख्खा हुन दिँदैंन र चम्किलो बनाउँछ । यसका साथै यसले छालाको क्यान्सर पनि रोकथाम गर्छ ।

 कपालका लागि उपयोगी

भन्टामापाइने पानीले कपालको जरालाई पोषण दिन्छ र कपालपनि बढाउँछ ।

MKRdezign

संपर्क फ़ॉर्म

नाम

ईमेल *

संदेश *

Blogger द्वारा संचालित.
Javascript DisablePlease Enable Javascript To See All Widget