ग्ल्यान्ड टिबीका लक्षण
१. टाउको तथा घाँटी वरिपरि हातले छाम्न मिल्ने गाठागुठी पलाउनु। यस्ता गाँठागुठी प्रायः नदुख्ने किसिमका हुन्छन्।
२. साँझपख हलुका ज्वरो आउनु।
३. खाना खान मन नलाग्नु।
४. तौल घट्दै जानु।
५. कमजोर हुँदै जानु।
यस्ता लक्षण देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा गई आवश्यक सल्लाह लिनुका साथै परीक्षण गर्नुपर्छ।
यदि चिकित्सकलाई ग्ल्यान्ड टिबीको शंका लागेमा सुइको माध्यमले गरिने एफएनएसी जाँच गराइन्छ। यो जाँचको मद्दतले शल्यक्रिया नगरीकनै ग्ल्यान्ड टिबी भएको वा नभएको पता लाग्छ।
ग्ल्यान्ड टिबी देखिएमा चिकित्सकको सल्लाहअनुसार नियमित औषधि सेवन गर्नुपर्छ। औषधि खाँदै गएपछि गाँठागुठी बिस्तारै कम हुँदै जान्छ। र औषधिको मात्रा पूरा गरेपछि यो रोग पूर्णरुपमा निको हुन्छ।

एक टिप्पणी भेजें