नवलपरासी । नवलपरासीमा अज्ञात समुहले २ बालकको अपरहण गरेको छ । रामग्राम-४ बैरिहवा घर भएका १५ वर्षीय दिपेन्द्र सहानी र १६ वर्षीय मोहन हरिजनलाई अज्ञात समुहले अपहरण गरेर बेपत्ता पारेको छ ।
उनीहरु सोहि ठाउँमा रहेको हिलोरियस चिल्ड्रेन एकेडेमी स्कुलमा कक्षा-८ मा अध्ययनरत थिए । स्कुलबाट घर फर्कने क्रममा उनीहरुको अपहरण भएको प्रहरीले जनाएको छ । नम्बर नखुलेको कालो कारमा राखेर उनीहरुको अपहरण गरिएको स्थानीयको भनाई छ ।
अपहरणकारीले मुखमा कालो पट्टि बाँधेकाले चिन्न नसकिएको स्थानीयले बताएका छन् । प्रहरीले घटना थाहा पाउना साथ अपहरणकारीको खोजी कार्य जारी राखेपनि अहिलेसम्म कुनै पत्तो लाग्न सकेको छैन । घटना पश्चात नवलपरासी प्रहरीले राजमार्ग र भित्रि सडकहरुमा सुरक्षा चेकिङ कडाई गरेको जनाएको छ ।

एक टिप्पणी भेजें