धादिङको ज्याम्रुङ भकारेमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ भने २० भन्दा बढी घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन्। धादिङबेसीबाट यात्रु बोकेर गएको बस गोलभञ्ज्याङमा पुगेर विग्रिएपछि सल्यानटारको बालबिकास बोर्डिङको बस यात्रु लिन गोलाभञ्ज्याङ आएको थियो। ग १ ख ३८०५ नम्बरको उक्त बोर्डिङ बस भकारेमा पुगेपछि अन्दाजी १०० मिटर सडकबाट तल खसेको छ। बस दुर्घनटना पछि प्रहरी सदरमुकामबाट घटनास्थल पुगेको र घाइतेहरुको उद्धारमा प्रहरीसहित स्थानीयवासी खटिइरहेका छन्।

एक टिप्पणी भेजें